
काठमाडौं । कृतिकार सुधा शर्माको समालोचनात्मक कृति ‘समकालीन नेपाली निबन्धमा पूर्वीय दर्शन’ परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।
बुधबार सुनकोसी वा्ङ्मय प्रतिष्ठानको आयोजनामा काठमाडौंमा आयोजित उक्त कार्यक्रम प्रा.डा. लक्ष्मणप्रसाद गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
कार्यक्रममा परिचर्चाकारसाहित्यकार तथा समालोचक प्रमोद प्रधानले समीक्षात्मक टिप्पणी गर्दै नेपाली निबन्धकृतिमा समालोचना कम लेखिँदै आएको चर्चा गरे । शर्माको पहिलो कृति भए पनि यसमा गहन विषय समेटिएको प्रधानले बताए ।
अर्का परिचर्चाकार समालोचक ज्ञानु अधिकारीले शर्माको कृतिमा , “ आजका समकालीन निबन्धहरूको चर्चा गरिएको छ , ज्ञान र जानकारीका दृष्टिकोणबाट यो पुस्तक महत्वपूर्ण छ भनि टिप्पणी गर्नुभयो ।

साथै परिचर्चाकार द्वयले पहिलो कृतिमा केही कमि कमजोरी भए पनि कृति बलियो रूपमा आएको बताए ।
कार्यक्रममा कृतिकार शर्माले लेख्दाको अनुभवको चर्चा गर्दै, कृतिमाथि प्राज्ञिक बहस र गहिरो समीक्षा भएको उल्लेख गरे । शर्माले आफ्ना गुरुहरूको प्रेरणाले यो कृति आएको उल्लेख गर्दै आफूले पूर्वीय दर्शनको अध्ययन गर्दाको अवस्थाबारे बोलिन् ।
निबन्धकार श्रीओम श्रेष्ठ रोदनले शर्माले प्रारम्भमै गाह्रो काममा हात हालेको भन्दै निबन्धमा पूर्वीय दर्शनलाई केलाउनु आफैँमा उपलब्धिमूलक कार्य भएको बताए ।सुनकोसी वा्ङ्मय प्रतिष्ठानकाअध्यक्ष छविरमण सिलवालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कोषाध्यक्ष तारा केसीले सहजीकरण गरेका थिए । साथै स्वागत मन्तव्य प्रतिष्ठानका उपाध्यक्ष राम सुन्दर देउजाले राखेका थिए। कार्यक्रम इखबरनेट मिडिया पार्टनर रहेका थिए ।
