
जनकपूर ।सर्लाही हरिपुर्वा नगरपालिका-१ हर्दी नदीमा माटोको ढिस्को खस्दा पुरिएर चारजनाको मृत्यु भएको छ।
महोत्तरी सोनमा गाउँपालिका-६ मगरथाना बस्ने बेधु मंसुरकी ६५ वर्षीया श्रीमती सायदा खातुन, ६ वर्षकी सविवा खातुन, अल्लाउदिन मंसुरका ८ वर्षीय छोरा डिल्लु मंसुर र नसरुल शेखकी ९ वर्षकी छोरी नर्गिस खातुन रहेको जनाइएको छ।
माटो खन्न जाँदा आज बिहान ढिस्को खस्दा चारैजना पुरिएका थिए।
घाइतेहरुलाई निकाली प्रादेशिक अस्पताल मलंगवा पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
