![]()
कश्मीर । जम्मू -कश्मीरको किश्तवाडको चतारुमा शुक्रबार आतङ्कवादी र सुरक्षा बलबिचको भिडन्तमा दुई सैनिकको मृत्यु भएको छ।
मारिनेमा ह्वाइट नाइट कर्पसका नायब सुबेदार विपिन कुमार र सिपाही अरविन्द सिंह रहेका छन् ।
घाइते थप दुई सैनिकको उपचार भइरहेको जनाइएको छ। पिंगनाल दुग्गडाको जंगलमा लुकेर बसेका ३–४ आतङ्ककारीलाई सुरक्षा बलले घेरेको छ ।









