
असोज २६, यदि हामी कुशल कर्म ग्रहण गरेर अकुशल कर्म त्याग गर्न चाहन्छौं भने पहिले कुशल कर्म के हो भन्ने ज्ञान (प्रज्ञा) हुन आवश्यक छ। त्यसपछि मात्र त्यसलाई अंगीकार गरी अभ्यास (प्रयोग) गर्न सकिन्छ।
त्यस्तै गरी, यदि हामी दुःखबाट मुक्त हुन चाहन्छौं भने यसको कारण अर्थात् अकुशल कर्म र प्रवृत्तिलाई बुझ्नुपर्छ र त्यसलाई त्याग्नुपर्छ।—भिभिड अवेयरनेस, पृष्ठ ५२-५३ बाट








