
काठमाडौं ।नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रतिनिधि सभा विघटनको सहमति विडम्बनापूर्ण भएको बताएका छन्।
‘विगतमा बहुमतको प्रधानमन्त्रीले संसद् विघटन गर्दा त्यसलाई असंवैधानिक भन्दै मुद्दा हाल्ने र फैसला सुनाउनेहरू अहिले स्वयं विघटनतर्फ अग्रसर हुनु विडम्बनापूर्ण विषय हो।
त्यसैले सतर्क रहौं, खबरदारी गरौं,’ उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् लेखेका छन्।
