
काठमाडौँ ।जेनजी आन्दोलन बारेकाठमाडौँस्थित अमेरिकासहितका सातदुताबासले विज्ञप्ति जारी गर्दै सबै पक्षलाई अधिकतम संयम अपनाउन, परिस्थितिलाई थप बिग्रिन नदिई शान्तिपूर्ण तरिकाले समाधान खोज्न तथा यी मौलिक अधिकारहरूको पूर्ण संरक्षण सुनिश्चित गर्न आग्रह गरेका छन् ।
सोमबार राति अस्ट्रेलिया, फिनल्याण्ड, फ्रान्स, जापान, कोरिया गणतन्त्र, बेलायत र संयुक्त राज्य अमेरिकाकानेपालस्थित दूतावासहरूले विज्ञप्ति जारी गर्दै परिस्थितिलाई थप बिग्रिन नदिई शान्तिपूर्ण तरिकाले समाधान खोज्न तथा यी मौलिक अधिकारहरूको पूर्ण संरक्षण सुनिश्चित गर्न आग्रह गरेका हुन् ।
विज्ञप्ति:
हामी काठमाडौं तथा नेपालका अन्य स्थानहरूमा आज देखिएका हिंसात्मकघटनाप्रति गहिरो दुःख व्यक्तगर्दछौं। यी घटनाहरूका कारण ज्यान गुमाउने दुःखद अवस्था उत्पन्न भएको रकैयौं घाइते भएकोमा हामी संवेदनशील भएका छौं।
पीडितपरिवारजन, प्रभावितव्यक्तिहरूप्रति हामी हार्दिक समवेदना प्रकटगर्दछौं। साथै, घाइते सबैलाई शीघ्रस्वास्थ्यलाभको कामनागर्दछौं।
हाम्रा सरकारहरूले शान्तिपूर्ण सभा र अभिव्यक्तिकोस्वतन्त्रताको सार्वभौमिकअधिकारप्रति आफ्नो दृढ समर्थन पुनः व्यक्त गर्दछ। हामी सबै पक्षलाई अधिकतम संयम अपनाउन, परिस्थितिलाई थप बिग्रिन नदिई शान्तिपूर्ण तरिकाले समाधान खोज्न तथा यी मौलिक अधिकारहरूको पूर्ण संरक्षण सुनिश्चित गर्न आग्रहगर्दछौं।



