
भदौ ३१, पूर्वागत अभ्यासहरूलाई मूल अभ्यासभन्दा पनि गहन मानिन्छ। साधकले पूर्वागत अभ्यासहरूमार्फत् आफूलाई कति निखारेको छ भन्ने कुरामा मूल अभ्यासका लाभ र प्रगति पूर्णतः निर्भर हुन्छन्। पूर्वागत अभ्यासमा साधारण र विशेष गरी दुई प्रकार छन्। साधारणमा चार मति परिवर्तनको अभ्यास पर्दछ भने विशेषमा ङोन्ड्रोको अभ्यास।
— बौद्धसाधनाका तीन यान, पृष्ठ ५८ बाट








