
काठमाडौं । राज्य व्यवस्था तथा शासन समितिको सभापतिमा नेपालीकांग्रेसकी सांसद ईश्वरी न्यौपानेको मात्र मनोनयन दर्ता भएको छ ।
संघीयसंसद सचिवालयले आज दिउसो ४ बजेसम्म दिएको समयमान्यौपानेको मात्र उम्मेदवारी दर्ता भएको जानकारी दिएको छ । न्यौपानेकोप्रस्तावकमाकांग्रेसका सांसदरामहरी खतिवडा रहेका छन् भने समर्थकमानेकपा एमालेका सांसदकृष्णगोपाल श्रेष्ठ रहेकोसंसद सचिवालयले जानकारी दिएको छ ।
एक मात्र उम्मेदवारी परे पछि अब न्यौपाने सभापति हुने निश्चित भएको छ । अबबुधबार दिउँसो ३ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले न्यौपानेलाई सभापतिमा निर्वाचित गर्ने प्रस्तावपेश हुने भएको छ ।
यस अगाडिकांग्रेसकै सांसदरामहरी खतिवडालेसंघीय निजामती सेवा विधेयकमाकुलिङपिरियडमा विवादमा परेपछि नैतिक जिम्मेवारीलिदै राजीनामा दिएका थिए ।
संघीयसंसद नियमावलीमा समिति सभापति पद रिक्त भएको १५ दिनभित्र नयाँ सभापति निर्वाचितगरिसक्नु पर्ने व्यवस्थागरिएकालेबुधबार निर्वाचन हुन लागेको छ ।एभरेष्ट न्यूज एजेन्सी





