इखबरनेटमा प्रकाशित ‘पुष्पाञ्जली आमा समूहले सुरक्षाको नाममा चलायो अबैध धन्दा’ शीर्षकको समाचार हामीले न्युज एजेन्सी नेपाल न्यूज बैंकबाट साभार गरेका हौँ । सो समाचार प्रकाशित भएपछि हामीलाई पुष्पाञ्जली आमा समूहले पठाएको खण्डनको व्यहोरा जस्ताको त्यस्तै मिति २०८२/४/७ मा प्रकाशित गरिसकेको जानकारी गराउँछौ । सो समाचारको लिंक
यसै पत्रमार्फत पठाएका छौं । आगामी दिनमा समाचार एजेन्सीबाट आउने विवादमा पर्ने त्यस्ता समाचार प्रकाशित गर्नुपूर्व हामी सचेत र सजग रहने प्रतबद्धता व्यक्त गर्दछौं । साथै हामीले प्रकाशित गरेको समाचारले सम्बन्धित संस्था प्रति पर्न गएको असर प्रति क्षमाप्राथी छौँ ।साथै सो समाचारको विषयमा पुष्पाञ्जली आमा समूहले पठाएको खण्डन जस्ताको त्यस्तै प्रकाशित गरेका छौ ।



