
गजल
प्रमुना पौडेल
उसका लागि जिन्दगीसँग हारेर आखिर के पायाै ?
मनमा उब्जिएका रहरहरू मारेर आखिर के पायाै ?
जुत्ता हातमा बोकि चप्पल लाएर हिँड्न बानी परेको तिमी
मेरो जिन्दगी आज घर न घाटको पारेर आखिर के पायाै ?
तिम्रै खुशी बचाउने प्रयासमा आफू रित्तिसके छु
देखावटी गोहीका आँसु तिम्ले झारेर आखिर के पायाै ?
जित्नेहरूको मात्रै इतिहास लेखिने कठै ! यो मेरो देश
हार्नेहरूको मेहनत भुइँमा पछारेर आखिर के पायाै ?
जब उसले एक्लोपनको कारणले आत्महत्या गर्यो
उसका लागि एक छाक नुन बारेर आखिर के पायाै ?








