
काठमाडौं । पत्रकार महासंघका पूर्व सभापति,पूर्वमन्त्री होमनाथ दाहालको निधन भएको छ ।
उपचारको लागि अस्पताल लैजाने क्रममा उहाँको हिजो साँझ निधन भएको पत्रकार पुरुषोत्तम दाहालले जनाएका छन् ।
८४ बर्षीय दाहाल केहीसमय देखि अस्वस्थ्य थिए ।
देशको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहेका उनी राष्ट्रपुकारका सम्पादक थिए ।
दाहालका प्रा.डा.सुधाम्शु दाहाल र हिमाम्सु छन् ।
उनको पार्थिव शरीरलाई आज बिहान ९ बजेसम्म नीजि निवास मैतीदेवीमा श्रद्धान्जलीको लागि राखिने र त्यसपछि पशुपति आर्यघाटमा दाह संस्कार गरिने भएको छ ।


