
काठमाडौं । बझाङमा जयपृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । जयपृथ्वी नगरपालिका–७, माल्लाभीरस्थित सडकमा अविरल वर्षासँगै पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।
आज बिहान करिब पौने ८ बजे उक्त स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । राजमार्ग खुलाउन पहल भइरहेको प्रहरीले जनाएको छ ।

