
काठमाडौँ । काठमाडौँ महानगरपालिका २६ वडाद्वारा यही मिति २०८२ जेष्ठ ३० गतेदेखि असार ८ गतेसम्म
काठमाडौँ जिल्ला व्यापी बृहत खेलकुद प्रतियोगिता आयोजना हुन गइरहेको छ।
खेलकुद सयोजक तथा वडा सदस्य प्रवेश श्रेष्ठले इखबरनेट लाई जानकारी दिनुका साथै ,भव्य रुपमा सम्पन्न गर्न सहयोग गरि दिनुहुन सम्पूर्णमा अनुरोध गरेको छ।
यस बृहत खेलकुद प्रतियोगितामा टेबल टेनिस, फुटबल, बास्केटबल, तेक्वान्दो, आइ केयु किकुसिन कराते, डब्लु केएफ कराते समावेश गरिएको छ। प्रतियोगितामा काठमाडौँ जिल्लाभरिका सम्पूर्ण नगरपालिका र काठमाडौँ महानगरपालिका ३२ वटा वडा समावेश जानकारी गरिएको छ।








