
काठमाडौं ।गोरखापत्रको सहप्रकाशन मधुपर्क साहित्यिक मासिकले स्थापनाको ५८औँ वर्ष मनाउँदै नेपाली साहित्यमा सक्रिय तीन अग्रज सर्जकहरुलाई ‘मधुपर्क सम्मान–२०८२’ प्रदान गरेको छ ।
शुक्रबार काठमाडौंमा मधुपर्कद्वारा आयोजित कार्यक्रममा पद्यतर्फ कवि ज्ञान उदास, गद्यतर्फ आख्यानकार ध्रुव सापकोटा र खुला प्रतिभातर्फ आख्यानकार पद्मावती सिंहलाई मधुपर्क सम्मान प्रदान गरियो ।
सम्मानका साथ नगद राशि पनि प्रदान गरिएको थियो।
साहित्यकारलाई सम्मानित गर्दै प्रमुख अतिथि साहित्यकार डा. राजेन्द्र विमलले मधुपर्क धेरै साहित्यकारको आधारभूमि भएको बताए । उनले आफ्नो साहित्यिक जन्म पनि मधुपर्कबाट भएको बताउँदै मधुपर्क आफ्नी आमा भएको बताए।


