‘नेल्सन मण्डेला र रङ्गभेदविरुद्ध उभिने अन्य व्यक्तिहरूको पक्षमा वकालत गर्ने उनको सुरुवाती कामदेखि लिएर हाम्रो समयका केही प्रमुख अन्तर्राष्ट्रिय अदालती मुद्दाहरूमा न्यायाधीशका रूपमा उनले पुर्याएको सेवासम्म एउटा साझा शृङ्खला जोडिएको छ,’ समितिले भनेको छ ।
उनले अन्तर्राष्ट्रिय कानुनको दायरा र प्रभावलाई उल्लेखनीय रूपमा बढाएकी छन्। उनले दक्षिण अफ्रिकाको उच्च अदालत, रुवान्डाको अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरण र अन्तर्राष्ट्रिय फौजदारी अदालतमा न्यायाधीशको रूपमा काम गरिसकेकी छन्।
उनी मानव अधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त थिइन् र हालै मात्र उनले ‘अकुपाइड प्यालेस्टाइन टेरिटोरी’सम्बन्धी संयुक्त राष्ट्रसङ्घको स्वतन्त्र अन्तर्राष्ट्रिय अनुसन्धान आयोगको अध्यक्षता गरेकी थिइन्।


