
काठमाडौं । नेपाल गल्फ संघले ११औं संस्करणको नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिप आयोजना गर्ने भएको छ । प्रतियोगिता आगामी मङ्गलबार देखि विहिबार सम्म ७२ पारको गोकर्ण गल्फ क्लबमा हुँदैछ ।
तीन दिने ५४ होलको प्रतिस्पर्धामा नेपाल सहित दक्षिण एसियाका बङ्गलादेश, भुटान, श्रीलंका र भारतका गरी पाँच राष्ट्रका खेलाडीहरूले उपाधिको लागि दाबेदारी प्रस्तुत गर्ने नेपाल गल्फ संघका महासचिव दीपक आचार्यले जानकारी दिए ।
प्रतियोगितामा ४५ पुरूष र १० महिला गल्फरको सहभागीता रहने निश्चित भएको छ । आइतबारसम्म खेलाडीको नाम दर्ता गर्ने समय रहेकोले यो सङ्ख्या बढ्न सक्छ ।
पुरूषतर्फ व्यक्तिगत र टिम स्पर्धा हुनेछ । पुरुष टिम स्पर्धामा प्रत्येक राष्ट्रले दुई दुई खेलाडी चयन गर्नेछन् र ३६ होलपछिको संयुक्त स्कोरका आधारमा विजेता घोषणा गरिनेछ । आयोजक राष्ट्र नेपालले दुई टिम सहभागी गराउनेछ । नेपालको ‘ए’ टिममा नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य र राष्ट्रिय टिमका सदस्य राहुल विश्वकर्मा रहने निश्चित भैसकेको छ । नेपाल ‘बी’ टिमको टुङ्गो भने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
व्यक्तिगत तर्फ नेपालबाट ३० देखि ३५ खेलाडीको सहभागिता रहनेछ भने भारतबाट २ महिलासहित १० तथा श्रीलंकाबाट ४ खेलाडी आउनेछन् । त्यस्तै बंगलादेश तथा भुटानबाट २, २ जना खेलाडीको सहभागिता रहनेछ । नेपाली खेलाडीहरुमा कोशी र गण्डकी प्रदेशबाट ६,६ जना खेलाडी छनौट भएर दर्ता भएका छन् । अन्य खेलाडी बागमती प्रदेशबाट रहने नेपाल गल्फ संघका महासचिव दिपक आचार्यले बताए ।
व्यक्तिगत पुरुष स्पर्धामा ३६ होलपछि कट लागु गरिनेछ । सहभागि खेलाडी मध्य उत्कृष्ट ६० प्रतिशतले अन्तिम १८ होलको लागि स्थान सुरक्षित गर्नेछन । महिला स्पर्धामा नेपाल र भारतका खेलाडीहरूको सहभागिता रहनेछ ।
यो प्रतियोगिता वल्र्ड एमेच्योर गल्र्फ याङ्किङ ९डब्लुएजीआर० द्वारा मान्यता प्राप्त हो। प्रतियोगितामा सहभागी पुरुष तथा महिला खेलाडीहरूर्ले याङ्किङ अंक समेत प्राप्त गर्नेछन् ।





