
काठमाडौं ।नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिको दशौं महाधिवेशनसम्पन्न भएको छ ।
।
उक्त महाधिवेशनले रामहरी घिमिरेलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ ।
यसैगरी उपाध्यक्ष डिल्लीराज आचार्य,र निर्जल घिमिरे,महासचिव कृष्णप्रसाद खराल,सचिव बासु रिजाल र मिनराज शर्मा,कोषाध्यक्ष रमेश खतिवडा निर्वाचित भएका छन् ।
महाधिवेशनले सह कोषाध्यक्ष रेवती राई निर्वाचित गरेको छ ।
समितिको सदस्य पदमा क्रमश सरोज खनाल,प्रकाश पोखरेल, सुरज बहादुर जप्रेल, अमिष शर्मा, अर्जुनराज तिवारी, गोमा धिताल, साधना सुवेदी,रामसेवक मण्डल, जीवन वि.क, सुमन राई निर्वाचित भए ।

काठमाडौंमा बैशाख १७ देखि सुरु भएको उक्त महाधिवेशनले आज विहान सबेरै नेतृत्व चयन गरेको थियो ।


