
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज रूपन्देही लगिने भएको छ । पक्राउ गरी काठमाडौं प्रहरी परिसरमा राखिएका रविलाई आज रूपन्देही लगिने भएको हो ।
सुप्रिम सहकारी ठगी तथा संगठित रुपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका रास्वपा सभापति रवि लामिछानेलाई बूढानीलकण्ठबाट शुक्रबार साँझ निवासबाटै उनलाई नियन्त्रणमा लिएको थियो ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले रविलाई शुक्रबार थुनामा पठाउने आदेश दिएसँगै प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
उक्त मुद्दामा रूपन्देही जिल्ला अदालतले एक करोड धरौटीमा रिहा हुने आदेश गरेको उक्त मुद्दा बदर गर्दै रविलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको हो ।


