
काठमाडौं । लोकतान्त्रिक जनआन्दोलनमा साहित्यिक क्षेत्रको योगदान स्मरण गर्दै ‘स्रष्टा चैत्र ३०’ अभियानले यस वर्षको सम्मान साहित्यकारहरू प्रा.डा.ज्ञानु पाण्डे र डा.विजय सुब्बालाई प्रदान गरेको छ ।
सम्मानित सर्जकहरूले सृजनाकर्मबाट लोकतान्त्रिक गणतन्त्रको स्थापना र सोको संस्थागत विकासमा निर्वाह गरेको रचनात्मक भूमिकाको कदर गर्दै सो सम्मान प्रदान गरिएको अभियानले जनाएको छ ।
काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा साहित्यकार डा. तुलसीप्रसाद भट्टराईले सर्जकहरूलाई सम्मानित गरे ।
सृजनाकर्मबाट लोकतान्त्रिक गणतन्त्रको स्थापना र सोको संस्थागत विकासमा निर्वाह गरेको रचनात्मक भूमिकाको कदर गर्दै उनीहरुलाई सो सम्मान प्रदान गरिएको अभियानले जनाएको छ
कार्यक्रममा साहित्यकार सुलोचना मानन्धरले सम्मानित व्यक्तिहरुको बारेमा चर्चा गरिन् भने अभियानको उद्देश्यबारे अभियानका अध्यक्ष मनोज न्यौपानेले जानकारी दिए ।






