
काठमाडौं । शिवपुरी साहित्य समाज र शिवपुरी सन्देश साहित्यिक त्रैमासिकको आयोजनामा गुन्द्रुक मकै,भटमास कार्यक्रम सम्पन्न भएको छ ।
शिवपुरीको काखमा रहेको चण्डेश्वरी मन्दिर, टोखामा उक्त कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा साहित्यिका विभिन्न विधामा सक्रिय रुपमा कलम चलाउने छ जना स्रष्टालाई सम्मानित तथा पुरस्कृत समेत गरियो ।
यसरी सम्मान तथा पुरस्कार पाउनेमा शान्ति शर्मा (काठमाडौं), डा. बासुदेव खनाल (अर्घाखाँची), बिसुकुमार के.सी (काठमाडौं), नवराज पुडासैंनी ज्योत्स्ना (काठमाडौं), प्रकाश बस्नेत गफाडी (काठमाडौं) र मिलन समिर (स्याङ्जा) रहेका छन् ।
कार्यक्रममा शिवपुरी सन्देशको १०७औं अंक सार्वजनिक गरिएको थियो ।

समाजका अध्यक्ष विष्णुबहादुर सिंहको सभापतित्वमा भएको उक्त कार्यक्रममा पूर्व मन्त्री तथा बरिस्ठ साहित्यकार बलदेव शर्मा मजगैयां प्रमुख अतिथि थिए ।
कार्यक्रममा तीन दर्जन भन्दा बढी स्रष्टाहरूले कविता,गजल,मुक्तक,सुसेली लगायतका रचनाहरू वाचन गरेका थिए । वाचन गरिएका रचनाहरूको मूल्याङ्कन प्रा. कोषराज न्यौपानेले गरेका थिए । जसमा धरणीधर गुरागाईँ र स्मारिका अर्यालले उत्कृष्ट भई नगद पुरस्कार समेत प्रप्त गर्न सफल भए ।कार्यक्रममा प्रमुख अतिथि मजगैया,संरक्षक वियोगी बुढाथोकी लगायतले आआफ्नो मन्तव्य ब्यक्त गरेका थिए ।
समाजका उपाध्यक्ष शंकर भारतीले स्वागत मन्तव्य दिएको उक्त कार्यक्रम समाजका कोषाध्यक्ष माधव बिडारी चेतनपथले संचालन गरेका थिए । व्यवस्थापन तर्फ समाजका महासचिव प्रकाश घायल थिए ।
उक्त कार्यक्रम करिब दुई दशक अगाडिदेखि समाजका संरक्षक वियोगी बुढाथोकीको परिकल्पनामा साहित्यसँग प्रकृति र स्थानीय उत्पादनलाई जोड्दै प्रत्येक वर्ष निरन्तर चल्दै आएको छ ।





