
काठमाडौँ। कोशी प्रदेशको मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा नदिने अडान राखेपछि उनकै नेतृत्वमा सरकारले निरन्तरता पाउने भएको छ ।
पार्टी अध्यक्ष केपी ओलीसँग भएको भेटमा पनि कार्कीले राजीनामा नदिने अडान लिएपछि अर्को निर्देशन नभएसम्म सरकारले निरन्तरता पाउने भएको छ ।
प्रदेश सरकारका विषयमा बुधबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा मुख्यमन्त्री कार्की, पार्टीका कोशीका अध्यक्ष घनश्याम खतिवडा, सचिव राजकुमार भण्डारीबीच छलफलपछि तत्कालका लागि कार्कीकै नेतृत्वमा सरकार गठन हुने भएको एमाले कोशीका अध्यक्ष घनश्याम खतिवडाले बताए ।
छलफलमा ओलीले आफूले छाड्न निर्देशन दिएका बेला मुख्यमन्त्रीसहित मन्त्रीहरूले राजीनामा दिनुपर्ने सर्त राखेका छन् ।

