काठमाडौं ।नेपाल शिक्षक महासंघको आह्वानमा शिक्षकहरूले काठमाडौंकेन्द्रित आन्दोलन गरिरहेकोबारे प्रतिपक्षी दलहरूले संसदमा जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव गरेका छन्।
नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे प्रस्तावक र समर्थकमा रास्वपा प्रमुख सचेतक सन्तोष परियार, एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवर, आम जनता पार्टीका सांसद प्रभु शाह, राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसी छन्।

शिक्षक आन्दोलनप्रति सरकार गम्भीर नदेखिएको प्रतिपक्षी दलहरूको भनाइ छ। शिक्षक र चिकित्सकहरूको आवाजलाई पनि सरकारले बेवास्ता गर्दै आइरहेको भन्दै उनीहरूले जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव गरेका हुन्।
२७ दिनदेखि शिक्षकहरू सडक आन्दोलनमा रहेकोमा ध्यानाकर्षण भएको पनि उल्लेख गरेका छन्।


