
काठमाडौं ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार अपराह्न करिब ५ बजेतिर भेटेर उनले राजीनामा दिएकी हुन्।
स्वास्थ्यका कारण मन्त्री भट्टराईले राजीनामा दिएको उनको सचिवालयले जानकारी दिएको छ।
‘मन्त्रीज्यूले आफ्नो स्वास्थ्य अवस्थाका कारण राजीनामा दिनुभएको हो,’ उनका स्वकीय सचिव अशेष पोखरेललेका अनुसार प्रधानमन्त्रीलाई भेटेर भट्टराईले राजीनामा दिएकी हुन् ।
शिक्षकहरुले राजधानीमा दैनिक आन्दोलन गरिरहँदा आएको उनको राजीनामालाई अर्थपूर्ण रुपमा लिइएको छ ।



