
काठमाडौ। आगामी चैत्र २३ मा नेपाल बार एशोसियसनको निर्वाचन हुँदैछ ।
उक्त निर्वाचनमा सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमाले निकट कानून व्यवसायीहरुको संयुक्त प्यानल हुने भएपछि विपक्षी दल निकट कानून व्यवसायीहरुले छुट्टै प्यानल खडा गरेका छन् ।
बरिष्ठ अधिवक्ता रमन कुमार श्रेष्ठको अध्यक्षतामा विभिन्न विपक्षी राजनीतिक दल निकट कानून व्यवसायीहरुले गठबन्धन गरी उम्मेदवारी घोषणा गरेका हुन् ।
श्रेष्ठको नेतृत्वमा रास्वपा पक्षधर स्वतन्त्र कानुन व्यवसायी मञ्चबाट महासचिवमा यज्ञमणि न्यौपानेले उम्मेदवारी दिएका छन् ।यसैगरी उपाध्यक्ष नेकपा एकिकृत समाजवादी निकट एसपिएललाई दिने भएको छ ।


