
काठमाडौं। वुमन्स डेमहिलाटी–२० अन्तर्राष्ट्रियक्रिकेट प्रतियोगिताको लागि युगान्डा पुगेको नेपाली राष्ट्रिय महिला टोली नेपाल फर्किएका छन् ।
बुधबार बिहान चार राष्ट्र सम्मिलित प्रतियोगितामा चौथो भएर उनीहरु नेपाल फर्किएका हुन् । प्रतियोगितामा नेपालसहित घरेलु टोलीयुगान्डा र नामिबियाले सहभागिताजनाएकाथिए।
विमानस्थलमा पत्रकारहरु सँग कुराकानीगर्दै उनले टोलीकीकप्तानइन्दु बर्माले सुरुवात देखि नै राम्रो खेलेको भएजित्न सकिने भन्दै त्यसमाआफ्नो पनि केहीगल्तीहरु भएको बताईन् ।
उनले भनिन्, ‘समग्रमा प्रतियोगिता एकदमै राम्रो नै भयो,हामीले परिणामल्याउन सकेनौ भन्ने कुरा हो । हामीले आफ्नो तर्फ बाट एकदमै राम्रो क्रिकेट खेलेका हौ तर परिणाम राम्रो आउन सकेन् । हामीले सुरुवात देखि नै राम्रो खेलेको भएजित्न सकिन्थ्यो होला मेरो आफ्नो पनिकेहीगल्तीथियो होला ।’
यस्तै, नेपालीमहिलाक्रिकेट टोलीकाकोच मनोज कटुवालले खेलको क्रममा भएका साना सानागल्तीले गर्दा हार व्यहोर्नु परेको स्वीकार गरेका छन् ।
नामिबियासँग नेपाल ६ विकेट र २३ रनले पराजित भएको थियो। युगान्डालाई पहिलो खेलमा एक विकेटले हराउँदाअर्को खेलमा नेपाल ४० रनले पराजित भएको थियो। हङकङसँग पहिलो खेलमादुई रनको हार बेहोरेको नेपालले अर्को खेल भने वर्षाको कारण रद्द भएको थियो।



