
जनकपूर । असत्यमाथि सत्यको विजयको प्रतिक पर्व फागु पर्व आज तराईमा मनाइँदै छ।
पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने चलन छ।
पहाडी जिल्लामा फागुन शुक्ल पूर्णिमाका दिन होली मनाउने र अष्टमीका दिन गाडिएको चिर ढलाई दहन गरेपछि होली पर्व सम्पन्न भएको हो।
तराईका जिल्लामा आज रंग अवीर दलेर, शुभकामना साटासाट गर्दै, विभिन्न गीत गाउँदै होली पर्व मनाउने गरिन्छ।
आज सरकारले मधेश प्रदेशमा सार्वजनिक विदा दिएको छ ।




