
तीन मुक्तक
लोकनाथ सापकोटा
१)
सम्झिदिए पुग्छ मलाई माया नगर्नु
फेरि भेट होला कि नहोला भर नपर्नु
कहिलेकाही तिमीलाई याद आयो भने
तड्पि तड्पि बेकारमा कहिल्यै नमर्नु !
२)
बिछोडको चोटले मुटु चिर्दै गएपनि
गुनको बदला खुनले तिर्दै गएपनि
भयो अब चाहिन्न केही पनि मलाई
सहि बस्दछु बरु झन पिर्दै गएपनि !
३)
जीवन के हो नसोध,जिन्दगीको पल हो
सोझा र ईमान्दारलाई निकै ठुलो छल हो
भयो मलाई उपहार तिम्रो केही चाहिँदैन्
गोहीको आँसु नचुहाउ यो दुषित जल हो !
पनौती-१,काभ्रे








