
काठमाडौं।हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मूख्यतया सफा रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सातै प्रदेशमा बदली हुने पूर्वानुमान छ।
त्यस्तै कोशी र बागमती प्रदेशको पहाडी भूभागका एक(दुई स्थानमा मेघ गर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
कोशी र बागमतीकै हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपात हुने पनि सम्भावना रहको छ।
आइतबार राति पनि देशैभरि आंशिक बदली हुने पूर्वानुमान छ।
रातिको समयमा भने वर्षा र हिमपातको सम्भावना नरहेको महाशाखाले जनाएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले वर्षा र हिमपातले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन अनुरोध गरेको छ।



