tri chndra
काठमाडौं।त्रिचन्द्र क्याम्पसमा फेरि स्ववियु चुनाव स्थगित भएको छ ।
५ चैतमा चुनाव हुन नसकेपछि १३ गतेका लागि तोकिएको थियो ।
विद्यार्थीको तालाबन्दीका कारण स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ ।
‘मतदानका लागि वातावरण सहज नदेखिएको र केही विद्यार्थीले क्याम्पसको मुख्यद्वारमा पुनः तालाबन्दी गरेकाले’अनिश्चितकालका लागि निर्वाचन स्थगित गरिएको’ निर्वाचन समितिले मंगलबार राति जारी गरेको सूचनामा उल्लेख छ ।
त्रिचन्द्रको स्ववियु अध्यक्षका लागि ९ जनाको उम्मेदवारी परेको छ । तीमध्ये स्ववियु अध्यक्षका उम्मेदवारद्वय विवेक बानियाँ र श्रीधर श्रेष्ठले मतपत्रको विषयलाई लिएर ताला लगाएका हुन् ।



