
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।
फागुन १९ गते संघ तथा संगठन दर्ताको कार्यक्रम रहेको छ ।
यसैगरी फागुन २७ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ।
निर्वाचनमा मतदान चैत ५ गते हुनेछ।
चैत ५ गते बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदानका लागि समय तोकिएको छ।





