
लुम्बिनी । लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य भएको छ ।
प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले प्रदेशसभाको पाँचौँ (हिउँदे)अधिवेशन अन्त्य गरेका हुन् । नेपालको संविधानको धारा १८३ को उपधारा ९२० बमोजिम फागुन ६ गते मंगलबार राति १२ः०० बजेदेखि लागु हुनेगरी अधिवेशन अन्त्य गरिएको हो ।
प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो । सोही आधारमा प्रदेश प्रमुखको कार्यालयले प्रदेशसभामा सूचना पठाएको छ ।


