
काठमाडौं । नेपालमा यहि फेब्रुअरी १७ देखि सुरु हुने चारदेशीय महिला फुटबल प्रतियोगिताका निम्ति किर्गिस्तानको टोली आज नेपाल आउने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार, कीर्गिस्तानको टोली आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिनेछ ।
यस्तै, एन्फाका अनुसार,शुक्रबार लेबनान र म्यानमार आउने तालिका छ।
यहि फेब्रुअरी १७ देखि सुरु हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले किर्गिस्तानविरुद्ध खेल्ने तालिका छ भने नेपालले फेब्रुअरी २० मा लेबनानविरुद्ध खेल्नेछ । नेपालले लिग चरणको अन्तिम खेलमा म्यानमारविरुद्ध फेब्रुअरी २३ मा प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताको फाइनल खेल फेब्रुअरी २६ मा हुने तालिका छ ।







