
काठमाडौं । ठमेलमा ड्युटी खटिएको प्रहरीलाई कुट्ने गोपालबहादुर शाहीले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।
गत २४ माघको राति प्रहरी कुटेर फरार रहेका शाहीले आत्मसपर्मण गरेका हुन् ।
आत्मसर्मपण गरेका शाहीलाई पनि ७ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले म्याद लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले जानकारी दिए ।
कुटपिटमा संलग्न रहेर पक्राउ पुर्जी जारी भएका ६ जनामध्ये चार जना प्रहरी हिरासतमा पुगेका छन् । यसअघि गत बिहीबार साँझ नयाँ बानेश्वरबाट परिसरको टोलीले एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका स्थायी कमिटी सदस्य कमलराज जोशीलाई पक्राउ गरेको थियो ।
त्यसभन्दा अघि ताप्लेजुङको फुङलिङ नगरपालिका–१ घर भएका २६ वर्षीय दिनेश सिग्देल र डडेल्धुराको गन्यापधुरा गाउँपालिका–५ का २२ वर्षीय रमेश फुलारा पक्राउ परेका थिए ।




