काठमाडौं । नेपाली कांग्रेसले ७७ जिल्लाका सभापतिहरुलाई प्रशिक्षण दिने भएको छ । केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले दुई दिने कार्यक्रम राखेर जिल्ला सभापतिहरुलाई प्रशिक्षण प्रदान गर्न लागेको हो ।
२२ र २३ माघमा पोखरामा प्रशिक्षण कार्यक्रम तय भएको कास्कीका कांग्रेस सभापति किशोरदत्त बरालले जानकारी दिए ।
शिक्षणमा केन्द्रबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा लगायत पदाधिकारीहरु उपस्थित हुने बरालले जानकारी गराए।
स्रोत व्यक्तिका रुपमा प्रशिक्षण विभागका अन्य सदस्यहरु पनि सहभागी हुने भएका छन् ।




