
काठमाडौ । नेकपा (एकीकृत समाजवादी)का पदाधिकारी र पोलिटब्युरो सदस्यका लागि आज निर्वाचन हुँदै छ ।
सहमतिको प्रयास गर्दा असम्भव भएपछि सोमबारको केन्द्रीय समिति बैठकले निर्वाचनको माध्यमबाट पदाधिकारी तथा पोलिटब्युरो सदस्य छनौट गर्ने निर्णय गरेको थियो ।
सोही निर्णयअनुसार पार्टीको निर्वाचन आयोगले निर्वाचन आज निर्वाचन गर्ने जनाएको छ।
निर्वाचन तालिका अनुसार आज बिहानदेखि उम्मेदवारी दर्ता, दाबी विरोध, उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशनलगायत कार्यक्रम हुने छ ।
त्यसपछि दिउँसो २ बजेदेखि मतदान सुरु हुने निर्वाचन आयोगका अध्यक्ष माधव पौडेलद्वारा जारी तालिकामा उल्लेख छ ।
आजको निर्वाचनबाट वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, सचिव र कोषाध्यक्ष पनि चयन हुनेछन् । यसैगरी ८४ सदस्यीय पोलिटब्युरो पनि निर्वाचनबाट चयन गरिने बताइएको छ ।




