
काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।
बिहीबार साँझ बालुवाटार पुगेर लिङ्देनले प्रधानमन्त्री ओलीलाई भेटेका हुन्।
राप्रपाले शनिबार पुस २७ गते राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको अवसरमा काठमाडौंको भृकुटीमण्डपमा चियापान कार्यक्रम गर्दैछ। सोही कार्यक्रममा प्रधानमन्त्री ओलीलाई निम्ता दिन लिङ्देन बालुवाटार पुगेका हुन्।
भेटमा अन्य विषयमा पनि लामो कुराकानी भएको अध्यक्ष लिङ्देनले जानकारी दिएका छन्।




