
काठमाडौं । फ्रेन्चाइजको अवधारणमा पहिलोपल्ट आयोजित नेपाल कबड्डी लिग (एनकेएल)को फाइनलमा शुक्रबार जनकपुर नाइट्स र काठमाडौं माभरिक्सबीच प्रतिस्पर्धा हुँदैछ ।
यी दुई टोली एनकेएलको पहिलो च्याम्पियन बन्ने प्रयासमा छन् ।
एस्ट्रोनिक्स म्यानेजमेन्टको आयोजनामा भएको एनकेएलमा ६ टिमले प्रतिस्पर्धा गरेका थिए । त्यसमा जनकपुर र काठमाडौं उत्कृष्ट प्रदर्शन गर्दै उपाधिनजिक छन् । शुक्रबारको फाइनलपछि एनकेएलले विजेता पाउनेछ ।
आज हुने फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा साँझ ६.३० बजे सुरु हुनेछ ।



