
धूलिखेल,काभ्रे । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राजनीतिक अस्थिरताको दोष निर्वाचन प्रणालीलाई दिने प्रवृत्ति अनुपयुक्त भएको बताएका छन् ।
संसदीय मामिला पत्रकार समाजले काभ्रेको धुलिखेलमा आयोजना गरेको निर्वाचन प्रणाली सुधार विषयक अन्तरक्रियामा उनले दलहरूले दुईतिहाइ बहुमत ल्याउँदा पनि तीन वर्ष सरकार नटिकेको उल्लेख गरे । त्यसैले निर्वाचन प्रणालीका कारण राजनीतिक अस्थिरता भयो भन्ने प्रवृत्ति उचित नभएकामा उनले जोड दिए ।
र्तमान संविधान र कानुनले कुनै पनि राजनीतिक दललाई ५० प्रतिशत बहुमत ल्याउनबाट नरोकेको उनले स्पष्ट पारे । सरकार अस्थिर भएका कारणले प्रणाली फेर्नुपर्छ भन्ने तर्क उचित नभएको उनले बताए । निर्वाचन प्रणालीलाई प्रभावकारी बनाउन आवश्यकताअनुसार संशोधन भने गरिनुपर्ने उनको भनाइ थियो ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अब हुने स्थानीय तहको निर्वाचनमा प्रमुख र उपप्रमुख र वडा अध्यक्ष र सदस्यको मतपत्र छुट्टाछुट्टै गर्ने प्रस्ताव ऐनमा राखिएको बताएका छन् ।
शनिबार धुलिखेलमा नेपालमा निर्वाचन सुधारः सुधारका पक्ष, औचित्य र सान्दर्भिकताबारे आयोजित कार्यक्रममा बोल्नुहुँदै उनले यस्तो बताएका हुन् ।
उनले निर्वाचन आयोगले प्रस्ताव गरेको निर्वाचनसम्बन्धी ऐनमा अबको निर्वाचनबाट स्थानीय तहको निर्वाचनमा प्रमुखरउपप्रमुख र वडा अध्यक्ष र सदस्यको मतपत्र छुट्टाछुट्टै हुनुपर्ने प्रावधान राखिएको बताए । प्रत्यक्षलाई नै समावेशी गर्नसके समानुपातिक र प्रत्यक्षको प्रतिशतलाई तलमाथि गर्न सकिने उनको भनाई छ






