काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भूसालले एमालेका पूर्वउपाध्यक्ष भीम रावललाई आफ्नो पार्टीमा आउन आग्रह गरेका छन्।
भीम रावललाई एमालेले बुधबार साधारण सदस्यबाट समेत हटाएको थियो।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महासचिव भूसालले रावललाई पार्टीमा आउन आग्रह गरेका हुन्।
एमालेबाट निकालिएपछि भीम रावल कुनै पार्टीमा जाने पक्षमा नरहेको उनी निकटहरूले बताएका छन्।


