
लामो समयदेखि राष्ट्रपति रहँदै आएका सिरियाली राष्ट्रपति बसर अल असदलाई सत्ताच्युत गरेपछि प्रधानमन्त्री बनेका नयाँ संक्रमणकालीन सरकारका प्रधानमन्त्रीले विदेशमा शरण लिएका नागरिकलाई स्वदेश फर्कन आब्हान गरेका छन् ।
विद्रोही समूहहरूले मार्चसम्म देश सञ्चालनका लागि संक्रमणकालीन सरकार प्रमुखको रूपमा नियुक्त गरेका मोहम्मद अल–बसिरले विदेशमा शरणार्थीको रुपमा बसेका आफ्ना नागरिकहरुलाई स्वदेश फर्कन आब्हान गरेका हुन् ।





