
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालय बैठक मंगलबार बस्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले यही मंसिर २५ गते दिउँसो ४ बजे सचिवालय बैठक बस्न लागेको जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमण, उपनिर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल हुने डा. अधिकारीले बताए ।





