
काठमाडौँ । बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी रहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको संघारमा मन्त्रिपरिषद् बैठक बसिरहेको हो ।
प्रधानमन्त्री ओली सोमबार चीन भ्रमणमा जाँदैछन् । बैठकमा प्रधानमन्त्रीको चीन भ्रमण र नेपालले तय गरेका एजेण्डाका बारेमा छलफल भएको हो ।




