
काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास संस्कृति समितिद्वारा ‘संस्कृतिको सिरानी’ (Stories on Nepalese culture) सांस्कृतिक पर्व विशेष पुस्तक प्रकाशित भएको छ ।
महत्त्वपूर्ण चाडपर्व तथा संस्कृति सम्बन्धि ३२ वटा कथा रहेको पुस्तक महेश्वर पंत, ऋषभदेव घिमिरे, सुरेन उप्रेती र प्रेम प्रसाद भट्टराईको संयुक्त सम्पादनमा प्रकाशीत भएको हो ।
भाषा, साहित्य, कला र संस्कृतिको पुस्तान्तरणको लागि पुस्तक उपयोगी रहेको छ। कथानक रुपमा रहेको उक्त पुस्तकले बालबालिकालाई चाडपर्व, कला संस्कृतिको जानकारी हुने र अभिभावकलाई समेत उपयोगी रहने बताइएको छ ।
अंग्रेजी तथा नेपाली भाषामा रहेको पुस्तक बिक्रिबाट आएको रकम अनेसास केन्द्र र च्याप्टरमा रहने छ।
प्रमोद प्रधान, प्रभा भट्टराई, मदनराज गापा, विमल गिरी, सुशिला प्रधानाङ्ग, दीनदयाल रेग्मी, महेश्वर पन्त, सुरेन उप्रेती, ऋषभदेव घिमिरे, एन.बी.अन्जान, नविन बन्धु पहाडी, विष्णुमाया कट्टेल, धीरेन्द्र प्रेमर्षि, दिनेश राज ज्ञवाली लगायतका स्रष्टार सर्जकका कथाहरू उक्त पुस्तकमा समावेश गरिएका छन।
उक्त पुस्तकलाई निकट भविष्यमै अमेजन ईबुक र फिजिकल बुकमा लैजाने तयारी भई रहेको जानकारी अनेसासका सचिव एवं पुस्तक सम्पादक ऋषभदेव घिमिरेले बताए ।




