
बाजुरा । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)की सुलोचनाकुमारी भण्डारी विजयी भएकी छन् ।
आइतबार भएको उपनिर्वाचनमा भण्डारीले एक हजार ७४० मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले जानकारी दिए ।
उनका निकटतम प्रतिद्धन्दी कांग्रेसकी पुल्तिसरा शाहीले एक हजार ४७४ प्राप्त गरेकी छन् ।
यहाँ कूल सात हजार ४६० मतदातामध्ये तीन हजार ९०३ मत खसेको थियो ।
यस अघि नेपाली कांग्रेसले उपाध्यक्ष जितेको थियो ।





