
काठमाडौं।दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु भारत, श्रीलंका हुँदै भ्रमणको सिलसिलामा आइतबार काठमाडौं आइपुगेका छन् । लु अमेरिकी विदेश मन्त्रालयमा दक्षिण एशियाली मामिलाका सबैभन्दा उच्च तहका कूटनीतिज्ञ हुन्।
उनले शीर्ष नेता र नागरिक समाजका अगुवाहरुसँग भेटवार्ता गर्ने तथा वातावरण संरक्षण, महिला सशक्तीकरण, सांस्कृतिक संरक्षण र दिगो विकासका प्रमुख क्षेत्रहरुमा सहयोग अघि बढाउने विषयमा छलफल गर्ने कार्यक्रम रहेको अमेरिकी दूतावासलेले जनाएको छ ।
यो भ्रमणले अमेरिका–नेपाल सम्बन्धलाई मजबुत बनाउने दाबी दूतावासले गरेको छ ।




