
ठमेल,काठमाडौं । घनश्याम कंडेलको ‘टिमुर’ सार्वजनिक भएको छ ।
सोमबार ठमेलमा आयोजित एक कार्यक्रममा अध्यागमन विभागका महानिर्देशक गोविन्दप्रसाद रिजाल,तथा लेखक लगायतले उक्त कृति सार्वजनिक गरे ।

प्रमुख अतिथि अध्यागमन विभागका महानिर्देशक गोविन्दप्रसाद रिजालविभिन्न कारणले दैनिक झण्डै आठ हजारको सँख्यामा विदेशिने अबस्था विद्यमान रहेको बताउँदै उनले नेपाली खानाको पहिचान र प्रचारप्रसारमा टिमुरले सघाउने बताए । “खाना हाम्रो संस्कृति,जीवनपद्धति र संस्कारसँग जोडिएको छ । देशमा विदेशी खानाको प्रभाव वढ्दै गएको छ । यसैले नेपाली खाना विश्वमा चिनाउन पनि कंडेलको पुस्तकले भूमिका खेल्नेछ ।”
कृतिकार घनश्याम कंडेलले खानाले विश्वलाई नजिक्याउने भन्दै नेपाल,भारत हुँदै जापान पुगेर नेपाली खानाको प्रचार गरेको बताए । सेफ कंडेलले -“पाककलामा विविधता र विशालता भएको भन्दै आफ्नो कृति पुस्तक सिर्जना मात्र नभएर पाठकलाई खाना पकाउन प्रेरित हुँदै स्वादमा रुपान्तरण गर्न सहयोग हुने” आशा व्यक्त गरे ।

सेफ गणेश ढकाल,रत्न बहादुर थापा,दुर्गा खड्का,सेफ नेपालका जज ल्रक्ष्मणप्रसाद भण्डारी लगायतले शुभकामना मन्तब्य व्यक्त गरेको उक्त कार्यक्रममा नेपाल पर्यटन बोर्डका पूर्व सदस्य राजेन्द्रप्रसाद सापकोटा,हानका महासचिव साजन शाक्य,पर्यटन बोर्डका पूर्व उपाध्यक्ष चन्द्रप्रसाद लगायतले पुस्तक लेखक कंडेलको संघर्षको कथा सहित तीन सय तेह्र खानाको वर्णन गरिएको,टिमुरको प्रयोग गरेर खानामा नेपाली स्वाद दिने बारेमा पुस्तकले यथेष्ठ जानकारी दिएको बताए ।
“टिमुर”लाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो ।




