
आज बुद्ध निर्वाण भएको २५००सौ वर्षपछि आएर हामीलाई स्तूप र चैत्यको अर्थ निश्चित गर्न एकदम अप्ठेरो भएको छ । पालि त्रिपिटकमा सयौं ठाउँमा चैत्य शब्दको उल्लेख पाइनुबाट चैत्य शब्द त्यतिखेर साहै सरल र सुगम कुराको बोधक होला भनी निक्यौल गर्न गाहो छैन । अभिधानप्पदीपिकायं भन्ने ग्रन्थमा चैत्यको अर्थ यसरी उल्लेख गरेको छ- “देवालय चेतिया SS आयतनानि तु’ अर्थात् चैत्य शब्दको प्रयोग देवालय र घर भन्ने अर्थमा हुन्छ । फेरि अर्को पृष्ठमा “देवालये च थूपस्मिं चेतियं चेतियददुमे ” पनि भनिएका छन् अर्थात् चैत्य शब्दले देवालय, स्तूप र देवताको रूपमा पूजा गरिने रुख भन्ने अर्थ दिन्छ ।
फेरि शब्द कल्पद्रुम भन्ने ग्रन्थले चैत्य शब्दको अर्थ यसरी पनि व्यक्त गरेको पाइन्छ- चैत्यम्-चित + य = चैत्य, आयतनमित्यमर । यज्ञस्थानं किञ्चित् मुखरहितं देवकुलसदृशं यज्ञायतनमचित्यमचित्यमपीत्याह देवायतन मात्रं । मृदादेवकुलमिति भरत, चित इति त्रिकाण्डशेष । वृक्षविश्व, उद्देशबृक्ष इति मेदिनी भरतश्च शेषस्य पर्याय । देवतरु, देवाराम व करिभ, कुञ्जर इति त्रिकाण्ड शेष, चैत्यद्रु= अश्वत्थवृक्ष । चैत्यमुख कमण्डलु चैत्यवृक्ष अश्वत्थवृक्ष इति रत्नमाला ।
एवं रितले अमरकोश १९६ पृष्ठले पनि चैत्य शब्दको अर्थ यसरी व्यक्त गरेको छ- चैत्यमायतनं तुल्ये । चैत्यमिति चीयते चित्याग्निचित्ये च’ ३/१/१३२ ११.
११. दीघनिकाय – पृ. १२७
१२. अभिधानप्पदीपिकायं- पृ. १५३-१५४
इति साधु । चित्याय इदम् । तस्येदम ४ / ३ / १२० इत्यण । तस्येदम् – इतिविग्रह प्रदर्शनम् मुकुटस्य प्रमादः । चित्यायाः स्त्रीलिङ्गत्वात् चैत्यमायतनं बुध्द विम्बेऽप्युद्देश्यपादपे इति रुद्र ।
चैत्य र आयतन भनेको एउटै हो । आयतन भनेको देवालय हो आगोले भस्मिभूत भएकोलाई चिति अथवा चिता भनिन्छ । चितिको यो ‘ चैत्य हो । चिति शब्दमा व्याकरणको दृष्टिले अण् प्रत्यय भएर चैत्य शब्द बन्छ । त्यो कसको हो अथवा चिताको हो भन्नु नै चैत्य हो भनेर विग्रह गरिन्छ । यसरी विग्रह गर्नुमा मुकुट भन्ने व्यक्तिको प्रमाद भूल देखिन्छ । फेरि रुद्र भन्ने व्यक्तिले चिति शब्दलाई स्त्रीलिङ्ग मानेकोले चैत्य अर्थात् आयतन (देवालय) बुद्धविम्व र उद्देश्य वृक्ष पनि एउटै हो भनी मानेको छ ।
यसरी यी तीनै वटा शब्दकोषमा चैत्य शब्दले वृक्ष, उद्देश्यवृक्ष, अश्वत्थवृक्ष (पीपलको बोट) देवालय, स्तूप, यज्ञस्थान भन्ने अर्थ नै व्यक्त गरेको स्पष्ट हुन्छ । फेरि कुलचन्द्रद्वारा अनुदित अमरकोषबाट चैत्य प्रति महाभारत वन पर्वको समयमा कस्तो दृष्टिकोण अपनाएका रहेछ भन्ने कुरा एडूक शब्दको अर्थ प्रस्तुत गर्न लेखिएका निम्न पंक्तिहरूबाट व्यक्त हुन्छ ।
एडूक- पृष्ठ नं. (७६) मा यस्तो वर्णन गरेको पाइन्छ भित्ताको प्रकरणमा- “अन्तर्न्यस्तानि कीवसानि अस्थीनि दाढ्यार्थं यत्र तत्र । कीकस कठिनद्रव्यस्योपलक्षणम्” यस्तो व्याख्यान सुप्रसिद्ध टीकाकार महेश्वरले गरेका छन् । भानुदीक्षितजीले रामाश्रमी टीकामा “ अस्थ्यादिमयकुड्यस्थ” यस्तो व्याख्या गरेका छन् । तद्नुसार हाड घुसारेको भित्ताको नाम भनी लेखिएता पनि ।”
उपर्युक्त पंक्तिबाट हाड घुसारेर बनाइएका पर्खाललाई नै एडूक भनिन्छ भन्ने स्पष्ट हुन्छ । यति मात्र होइन एडूक र चैत्यलाई समकक्षमा ल्याई महाभारत वन पर्वमा चैत्यलाई यसरी उपहास एवं गिल्ला पनि गरेको पाइन्छ ।
एडूकान् पूजयिष्यन्ति वर्जयिष्यन्ति देवताः ।
एडूक चिन्हा पृथिवी नदेव गृह भूषिता ।
वन १९० अ. ६३ श्लोक
अर्थात् महाभारत वनपर्वको अनुसार “कुनै पनि बौद्ध धर्मावलम्बी प्रतिष्ठित ब्यक्ति मरेपछि त्यसको अस्थि वा हाड जमिनमा गाडेर बनाएको मण्डलकार शिखरवाला बौद्ध मन्दिरलाई ( स्तूपलाई ) पनि एडूक नै मान्नु पर्छ । अनि तिनै बौद्ध स्तूपलाई लक्ष्य गरेर कलियुगमा एडूक पूजा प्रचलित हुनेछ, अरू देवताका पूजाआजा बन्द हुनेछ, जताततै तिन एडूक मात्र देखिनेछन्, देवमन्दिरहराउनेछन् भनेका हुन् ।”
यसरी कुलचन्द्रद्वारा अनुदित अमरकोषको आधारमा हामीले स्पष्ट बुझ्न सक्छौ मृतक व्यक्तिको अस्थि धातु राखी बनाइएको स्तूप नै सच्चा चैत्य हो । महाभारत वन पर्वले यसरी चैत्य पूजाको बिस्तारबाट वाक्क आई चैत्य लाईएडुक भनी टीकाटिप्पणी गरिनुबाट महाभारत कालभन्दा धेरै अघि नै बौद्ध धर्म, महाभारत वन पर्वले यसरी चैत्य पूजाको विस्तारबाट वाक्क आई चैत्यलाई कला, संस्कृतिको चरम विकास भईसकेको तथ्य पनि स्पष्ट हुन्छ । यत्रो प्रसिद्धि पाइसकेको हाम्रो बौद्ध दर्शन आज गुरुपरम्पराको अभावले नजाने पनि जाने सुनेको जस्तो हुनुपर्ने प्रवृत्तिले गर्दा बौद्धहरू अगाडि होइनन् पछाडि पछाडि धकेलिदै गइरहनु परेको छ । समस्त बौद्ध एक हुन नसक्नु, शास्त्रीय कुरालाई अंगाल्नुको सट्टा मनगधन्ते तरिकाले व्याख्या गर्ने प्रवृत्तिले गर्दा तथ्य कुरा बुझ्न बुझाउन कठिन हुँदै गएको देखिन्छ ।
हेमराज शाक्यज्यूले सम्पादन गर्नुभएको पुस्तकमा चैत्य शब्दको अर्थ यसरी पनि व्यक्त गरिएको छ- न्हापांगु अर्थ स्वयम्भू पुराणया धापुकथं शाक्यमुनि बुद्धं श्री स्वयम्भू महाचैत्य दर्शनया- विज्यावलय् “वन्देहंतत्वरूपं” धइगु स्तुतिया प्रसंगे थथ्ये वर्णन याना तइतगु दुकि- नैराकारंनिरञ्जनं गगनवदनिशं चित्तचैतण्य चैत्यं” आकाश थे छुं विकार परिपञ्चन मदुगु, निरञ्जन छं आलम्बन मदुगु शान्त शुद्ध जुयाच्वंगु प्राभाश्वरथें सर्वत्र सर्वदाकालं प्रकाशमान जुयाच्वंगु चित्तया स्वभाव सर्वथा सर्वकालं सुप्रभातं प्रभात धयाथें न्ह्याथाय् न्ह्याबले जागृत जुया च्वंगु चैतन्य स्वरूप चित्तयात हे चैत्य धयातल” .. निगूगु अर्थ.. श्रध्दा भक्तिं द्वहलपा तइतगु बन्दनीय पूजनीय स्थान यात नं चैत्य धका धाई…….
स्वंगूगु अर्थ.. कुशलमूल संग्रहयाना मुनातःगु सञ्चित वस्तुयात न सञ्चितअथवा चैत्य धका धयातगु जुल ।”
अथवा चैत्य धका धयातगु जुल ।”१३
१३. हेमराज शाक्य- चैत्यया थःगु आत्मकथा पृ. ४
यी पंक्तिहरूको अर्थ लगाउँदा श्री शाक्यज्यूले आकाश जस्तै निराकार निरालम्व शान्त, प्रभाश्वर जाग्रत चित्त चैतण्य नै चैत्य हो भनेर आफ्नो तर्क व्यक्त गर्न कोशिश गरिएको बुझिन्छ । अनि तेस्रो अर्थमा सञ्चित शब्दबाट चैत्य शब्द बन्यो भन्ने प्रमाणित गर्न खोजेको बुझिन्छ । यही पंक्तिलाई अरु विद्वा न्हरूले पनि चैत्यका सम्बन्धमा बोल्दा प्रामाणिक थानेर उद्धरण गरेको पनि यदाकदा देखिन्छ । तर चैत्य शब्दको स्पष्ट अर्थ गर्न अमरकोष आदि ग्रन्थहरूले व्यक्त गरेका उपर्युक्त अर्थबाट चित्त शब्दबाट चैत्य भन्ने शब्दको निरुक्ति नै हुँदैन । केवल चिती शब्दबाट मात्र चैत्य शब्दको निरुक्ति भएको स्पष्ट हुन आउँछ न कि चित्त, चैतन्यबाट चैत्यको निरुक्ति । अतः चैत्य ‘शब्द चित्त (मन) शब्दले बनेको हो भनेर अड्कल गर्नु एकदम गलत सिद्ध हुन्छ भने सञ्चित शब्दबाट त झन् चैत्य शब्दको निर्माण नै नहुने हुन्छ ।
यसरी आज हामीलाई चैत्य शब्दको अर्थ केलाउन धेरै नै ग्रन्थहरूको आधार आवश्यक भएका छन् । सत्य कुरा केलाउँदा रमाइलो सजिलो र मनोरम कुरामात्र अर्थ्याएर हुँदैन; शास्त्रीय मर्यादा र संस्कृतिलाई पनि पछ्याउनु आवश्यक छ । हामीले समयमै सच्चा कुराको दिग्दर्शन गराउन सकेनौं भने भ्रममाथि भ्रम तयार हुँदै जाने कुरा निर्विवाद छ ।
श्री हेमराज शाक्यज्यू हाम्रो देश नेपालका बौद्धधर्म ज्ञाता ठूलो पण्डित हुनुहुन्छ । वहाँले पुरातत्व विभागसँग सम्वद्ध रही धेरै विदेशीहरू सँगसँगै बौद्ध धर्म सम्बन्धी धेरै अनुसन्धान गरिसक्नु भएको छ । ललितपुरकै अर्को विद्वान् अमृतानन्द शाक्यले पनि करीब दुई शय वर्ष अगाडि हड्सन भन्ने विदेशी विद्वान्सँग मिली स्वयम्भू चैत्य एवं चैत्यहरूसम्बन्धी धेरै अनुसन्धान गरी हाम्रो देशको कला कौशल, संस्कृति एवं परम्परालाई चिनाउनु भएको छ । यस नाताले पनि बौद्ध कला एवं देवदेवीहरूको मूर्ति अनुसन्धान गर्नुपर्यो भने विदेशी तथा स्वदेशी विद्वान्हरू सबभन्दा पहिले वहाँको ग्रन्थलाई नै प्रामाणिक मान्दछन् ।
त्यही कारणले गर्दा श्रीमती डा. रञ्जना वज्राचार्यले चैत्यको अर्थ यसरी दिएका छन् Chaitya – A small size of stupa, symbol of mind Aspect of Budha’s Body, Speech and Mind. यस कुराले पनि भ्रम माथि भ्रम बाहेक अरु केही नथपेको तथ्यलाई उजागर पारेको छ । १४a
ज्ञान काजी मानन्धरले पनि आफ्नो पुस्तक The Legends of Nepal मा चैत्य चित्त शब्दले नै बनेको हो भन्ने भ्रम प्रस्तुत गरेको छ ।१४b
यी पंक्तिहरूको अर्थ लगाउँदा श्री शाक्यज्यूले आकाश जस्तै निराकार निरालम्व शान्त, प्रभाश्वर जाग्रत चित्त चैतण्य नै चैत्य हो भनेर आफ्नो तर्क व्यक्त गर्न कोशिश गरिएको बुझिन्छ । अनि तेस्रो अर्थमा सञ्चित शब्दबाट चैत्य शब्द बन्यो भन्ने प्रमाणित गर्न खोजेको बुझिन्छ । यही पंक्तिलाई अ विद्वान्हरूले पनि चैत्यका सम्बन्धमा बोल्दा प्रामाणिक थानेर उद्धरण गरेको पनि यदाकदा देखिन्छ । तर चैत्य शब्दको स्पष्ट अर्थ गर्न अमरकोष आदि ग्रन्थहरूले व्यक्त गरेका उपर्युक्त अर्थबाट चित्त शब्दबाट चैत्य भन्ने शब्दको निरुक्ति नै हुँदैन । केवल चिती शब्दबाट मात्र चैत्य शब्दको निरुक्ति भएको स्पष्ट हुन आउँछ न कि चित्त, चैतन्यबाट चैत्यको निरुक्ति । अतः चैत्य ‘शब्द चित्त (मन) शब्दले बनेको हो भनेर अड्कल गर्नु एकदम गलत सिद्ध हुन्छ भने सञ्चित शब्दबाट त झन् चैत्य शब्दको निर्माण नै नहुने हुन्छ ।
यसरी आज हामीलाई चैत्य शब्दको अर्थ केलाउन धेरै नै ग्रन्थहरूको आधार आवश्यक भएका छन् । सत्य कुरा केलाउँदा रमाइलो सजिलो र मनोरम कुरामात्र अर्थ्याएर हुँदैन; शास्त्रीय मर्यादा र संस्कृतिलाई पनि पछ्याउनु आवश्यक छ । हामीले समयमै सच्चा कुराको दिग्दर्शन गराउन सकेनौं भने भ्रममाथि भ्रम तयार हुँदै जाने कुरा निर्विवाद छ ।
श्री हेमराज शाक्यज्यू हाम्रो देश नेपालका बौद्धधर्म ज्ञाता ठूलो पण्डित हुनुहुन्छ । वहाँले पुरातत्व विभागसँग सम्वद्ध रही धेरै विदेशीहरू सँगसँगै बौद्ध धर्म सम्बन्धी धेरै अनुसन्धान गरिसक्नु भएको छ । ललितपुरकै अर्को विद्वान् अमृतानन्द शाक्यले पनि करीब दुई शय वर्ष अगाडि हड्सन भन्ने विदेशी विद्वान्सँग मिली स्वयम्भू चैत्य एवं चैत्यहरूसम्बन्धी धेरै अनुसन्धान गरी हाम्रो देशको कला कौशल, संस्कृति एवं परम्परालाई चिनाउनु भएको छ । यस नाताले पनि बौद्ध कला एवं देवदेवीहरूको मूर्ति अनुसन्धान गर्नुपर्यो भने विदेशी तथा स्वदेशी विद्वान्हरू सबभन्दा पहिले वहाँको ग्रन्थलाई नै प्रामाणिक मान्दछन् ।
त्यही कारणले गर्दा श्रीमती डा. रञ्जना वज्राचार्यले चैत्यको अर्थ यसरी दिएका छन् Chaitya – A small size of stupa, symbol of mind Aspect of Budha’s Body, Speech and Mind. यस कुराले पनि भ्रम माथि भ्रम बाहेक अरु केही नथपेको तथ्यलाई उजागर पारेको छ । १४a
ज्ञान काजी मानन्धरले पनि आफ्नो पुस्तक The Legends of Nepal मा चैत्य चित्त शब्दले नै बनेको हो भन्ने भ्रम प्रस्तुत गरेको छ ।१४b
१४aडा. रञ्जना वज्राचार्य – Bodhisattva Avalokiteswar P. 123 ज्ञान काजी मानन्धर – The Legends of Nepal P. 9.3…..
त्यस्तै चैत्य र विहार, वही सम्बन्धी धेरै अन्वेषण गर्नुभएको अर्को बौद पण्डित स्व. रत्नकाजी वज्राचार्यले पनि आफ्नो चैत्य सम्बन्धी ग्रन्थको र आफ्न लेख बौद्ध चैत्य एक अध्ययनमा पेज नं. ‘ण’ मा पनि स्वयम्भूपुराणबाट उद्धृत सोही चैत्य वन्दनाका पंक्तिहरू वन्देहं तत्वरुपको सन्दर्भमा गरिएको स्तुति “नैराकारनिरञ्जनं गगनवदनिशं चित्तचैतन्य चैत्य” को पंक्तिहरू उद्धृत गरिएको पाइन्छ । अतः यी उपर्युक्त कुराहरूबाट के स्पष्ट हुन आउँछ भने प्राचिन कालमा चैत्यको प्रारूप कस्तो थियो भन्ने कुरा हामीलाई ज्ञान हुन छोड्यो । अब यसको लागि हामीसँग एउटै उपाय छ परम्परा एवं शब्दार्थ र व्याकरणसँग मिल्ने तरिकाले उपलब्ध हुन आएको अनुसन्धानलाई नै प्रामाणिक मान्नु र त्यही तथ्यलाई तीतो भए पनि मीठो भए पनि विद्वत्वर्गको अगाडि पस्कीदिनु ।
यसरी बुद्धकालीन समाजमा मात्र होइन; वैदिक कालदेखि नै श्रद्धेय वन्द्य, एवं पूज्य वृक्ष, चौतारा, चौबाटो, देवस्थल, यज्ञ मण्डप एवं रमणीय ठाउँ, श्रद्धेय कुरालाई चैत्य शब्दले बुझाउँदै आएको रहेछ भन्ने कुरा बुझ्नु नितान्त आवश्यक छ । चैत्य शब्द महायान ( बुद्धयान ) को प्रमुख ग्रन्थ नव व्याकरण (नव सूत्र ग्रन्थ) सम्म पुग्दा चैत्यलाई सबै बुद्धहरूको आलय (घर) स्थान हो पनि भनिन थालेको देखिन्छ । जस्तैकि “चैत्यं च सर्वबुद्धानामालयस्थानमुच्यते “१५
श्रद्धेय स्व. विद्वान् भन्ते सुदर्शनले पनि आफ्नो चैत्य सम्बन्धी सानु पुस्तिका “चैत्य पूजा”मा चैत्य शब्दको अर्थ दिने उद्देश्यले यी पंक्ति यसरी उल्लेख गरेको पाइन्छ- “चेतिय (चैत्य) धयागु “चि” धातुं दया च्वंगु शब्द ख: ।” तर ‘चि’ धातुबाट कसरी चेतिय बने त्यो भने स्पष्ट विग्रह गरेको पाइँदैन । अतः विद्वत् व्यक्ति स्व. सुदर्शन महास्थविरलाई पनि चैत्य शब्दको बारे स्पष्ट बोल्न कठीन भएको बुझिन्छ ।









