काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल स्वास्थ्य सम्मेलन २०२४ को आयोजना गर्ने भएको छ ।
बुधबार मन्त्रालयमापत्रकार सम्मेलनको आयोजनागरी आगामीपौष ११ र १२ गते काठमाडौंमा सम्मेलनआयोजन गर्न लागेको जानकारी दिएको हो ।
मन्त्रालयकाअनुसार साझेदारीको प्रवर्द्धन, ज्ञान आदानप्रदान र नेपालको स्वास्थ्य क्षेत्रमा भएका चुनौतीहरूको सामना गर्नका लागि विश्वव्यापी विशेषज्ञता उपयोग गर्ने उद्देश्यले सम्मलेनको आयोजना गर्न लागेको हो ।
विज्ञप्तीमा लेखिएको छ,‘महत्वपूर्ण कार्यक्रमको उद्देश्य साझेदारीको प्रवर्द्धन, ज्ञान आदानप्रदान र नेपालको स्वास्थ्य क्षेत्रमाभएकाचुनौतीहरूको सामना गर्नका लागि विश्वव्यापी विशेषज्ञता उपयोग गर्नु हो। यस वर्षको विषयवस्तु ‘नेपालको स्वास्थ्य सेवाको सुदृढीकरणका लागिप्रवासी नेपालीहरूको संयोजन’ रहेको छ।’
सम्मेलनलेविश्वभर रहेका नेपाली स्वास्थ्य विशेषज्ञहरूलाई एक ठाउँमा ल्याई स्वास्थ्य सम्बन्धी प्रमुख चुनौतीहरूको समाधान खोज्न र संवाद गर्न सहज गर्ने र प्रवासी नेपाली समुदाय र राष्ट्रिय स्वास्थ्य सरोकारवालाहरूलाई नजिक ल्याई आपसी सिकाइ र दीर्घकालीन रणनीतिहरू निर्माण गर्न कोशे ढुङ्गा साबित हुने मन्त्रालयको विश्वास छ ।









