
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आज लुम्बिनी जाँदैछन् । लुम्बिनीमा आयोजित एक पूजा कार्यक्रममा सहभागी हुन पूर्वराजा शाह लुम्बिनी जान लागेको उनको सचिवालयले जनाएको छ ।

बुद्धको जन्मस्थललुम्बिनीस्थित कानिङ सेडुप लिङ गुम्बाको पाल थुब्तेन सेडुप लिङ् महाविहारमा हजार बुद्ध मन्दिरको प्राण प्रतिष्ठा पूजा कार्यक्रममा सरिक हुने कार्यक्रम तय भएको छ । मंसिर ४ गतेदेखि सुरू भएको पूजा ८ गते सकिनेछ ।






