
प्रार्थना
मुरारीराज मिश्र
आएँ प्रभु म द्वारमा तिम्रो, दर्शनको लिइ इच्छा ।
दिव्य रुपको दर्शन देऊ, गरिरहेछु प्रतिक्षा ।।
प्रभु म, गरिरहेछु प्रतिक्षा
बाल्यकालमा ज्ञान भएन तिम्रो दर्शन गर्ने ।
ध्यान रहन्थ्यो केवल खेल्ने, कुद्ने, भुँडी भर्ने ।।
ञमै हुँ भनेरैझ बित्यो जवानी, तन्मा बुढ्यौली छायो ।
बिना सहारा हिंड्न सक्दिन, कस्तो बेला आयो
प्रभु यो, कस्तो बेला आयो
आएँ प्रभु म द्वारमा तिम्रो …………
बोली अप्रष्ट, दृष्टि धमिलो, श्रवण शक्ति हरायो ।
भूल भयो के ! भन हे विधाता, के ले यस्तो गरायो !
धर्म कर्म त पछि गरुँला, भन्दै टारें पहिले ।
गल्ती गरेछु, माफि देऊ, भनि रुँदैछु अहिले ।।
प्रभुजी, संधै रुँदैछु अहिले
आएँ प्रभु म द्वारमा तिम्रो, दर्शनको लिइ इच्छा ।
दिव्य रुपको दर्शन देऊ, गरिरहेछु प्रतिक्षा ।।
प्रभु म, गरिरहेछु प्रतिक्षा ………









